मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(23 votes, avg 3.04/5.00)
Text size:-
+
-

५ बर्ष हराउँदा निखिलले बनाए सिक्स प्याक

फिल्मीखबर, काठमाडौं, 2015/04/21
सिक्स प्याक्सको चलन बलिउडमा त खुबै पाइन्छ । नेपाली फिल्ममा भने अभिनेताहरुले आफ्नो शरीरलाई मेन्टेन गरेको देखिदैन । सायद, यसैले पनि होला अभिनेताहरुको शरीरको आलोचना भएको पाइन्छ । 
 
 
करिब ५ बर्ष नेपाली फिल्मबाट एकाएक हराएका अभिनेता निखिल उप्रेती अहिले 'भैरव' फिल्मबाट फर्किएका छन् । आफैले निर्माण तथा निर्देशन गरेको यो फिल्मबाट निखिलले नेपाली फिल्ममा फेरि नयाँ एक्सनको सुरुवात गर्छन् पनि भनिन्छ । 
 
तर, निखिलले यो फिल्ममा यती मात्र देखाउने छैनन् । यो फिल्ममा निखिलको सिक्स प्याक्स देख्न सकिन्छ । हालै मात्र सार्वजनिक भएको यो फिल्मको पोष्टरमा निखिलको सिक्स प्याक्स छ । 
 
निखिलले ५ बर्षमा निर्देशक बन्ने खुबी मात्र लिएका छैनन्, आफ्नो शरीर पनि बनाएका छन् । केही दिनमा नै आयोजना हुने फिल्मको एक कार्यक्रममा निखिल सर्ट उतारेर सक्कली सिक्स प्याक्स देखाउँदैछन् ।