Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.00/5.00)
Text size:-
+
-

कान्समा कट्रिना पनि

फिल्मीखबर, काठमाडौं, 2015/04/20

ऐश्वर्या राय र सोनम कपुर पछि कट्रिना कैफले पनि कान्सको रेड कार्पेटमा आफ्नो् उपस्थिति देखाउने भएकी छिन् । कट्रिनाले कस्मेटिक ब्रान्ड लोरियलको तर्फबाट फ्रान्सको फिल्म फेस्टिभल कान्समा सहभागिता जनाउने भएकी हुन् । ऐश्वर्या र सोनम कपुरको सहभागिता पहिले नै तय भईसकेको भएपनि कट्रिनाका आग्रहलाई भने कान्सले प्रतिक्षाको सूचिमा राखेको थियो ।

 

कान्सले सोमबार मात्र कट्रिनाको आग्रहलाई आधिकारिता दिएको हो । ऐश्वर्या र सोनमले पनि लोरियलकै ब्रान्ड एम्बेस्डरको रुपमा कान्समा सहभागिता जनाउँदै आएका छन् । लोरियल कान्सको आधिकारिका ब्रान्ड पार्टनर हो ।


यो कान्सको ६८ औं संस्करण हो । कान्सको नयाँ संस्करण मे १३ देखि २४ सम्म आयोजना हुनेछ । यो साल बलिउडबाट दुई छोटा फिल्मले पनि स्क्रिनिङको मौका पाएका छन् ।
कान्सलाई हलिउडको अस्कर पछि सर्वाधिक प्रतिष्ठित अवार्ड मानिन्छ । र यसमा सहभागिता जनाउनु फिल्मकर्मीका लागि प्रतिष्ठाको विषय रहँदै आएको छ ।

Most Visited News (monthly)