Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

असार ४ गते `सेफ ल्याण्डिङ`

फिल्मीखबर, काठमाण्डौ, 2015/04/24
अष्ट्रेलिया, न्यूजिल्याण्डलगायतका देशमा रिलिज भईसकेको नेपाली फिल्म 'सेफ ल्याण्डिङ'को नेपाल रिलिज आउँदो असार ४ गते हुने भएको छ । काठमाण्डौ उपत्यकामा दर्शना आर्ट्स र उपत्यका बाहिर एफडी कम्पनीले फिल्म वितरण गर्नेछ ।
 
 
निर्माता बसन्त भण्डारी र राहुल अग्रवाल बिदेशी नागरिक हुनुले र नयाँँ मेकर हुनुले फिल्म रिलिज ढिलिएको हो । 'धेरै समय पर्खिनु पर्‍यो', आफ्नो व्यस्तता सुनाउँदै अष्ट्रेलिया निवासी निर्माता बसन्त भण्डारीले भने, 'अब यो मितिबाट पछी हट्ने छैनौं ।' 
 
भारतिय मूलका मलेसियन नागरिक सन्दिप जोसेपले निर्देशन गरेको फिल्म 'सेफ ल्याण्डिङ'मा निरज बराल, झरना बज्राचार्य, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको छ । ड्रग्स माफियाको कथामा आधारित यो ग्याङ्स्टार फिल्मले बिदेश रिलिजबाट राम्रो समिक्षा पाएको थियो । 
 
फिल्ममा राजन इशानको संगीत, जोन ज्याकोभको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको कथा निर्देशक जोसेप र शान बस्न्यातले तयार पारेका हुन् । फिल्मलाई दिर्घ खड्का र भारतीय फिल्मकर्मी मेघना अश्चितले सम्पादन गरेका हुन् । 
 
सेफ ल्याण्डिङको नयाँ पोस्टर र प्रोमो केही दिनमा रिलिज गर्ने तयारी गरिएको छ । शाहिल खानले पब्लिसिटी समाग्री मेकिङको जिम्मा लिएका छन् ।
 
निर्माता भण्डारीले 'सेफ ल्याण्डिङ' रिलिज गरे लगत्तै नयाँँ फिल्मको निर्माण कार्य शुरू गर्ने जानकारी दिए । उनले निर्माण गर्ने भनिएको अनटाइटल फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् । यसपटकको फिल्म पूर्ण रूपमा प्रेमकथामा आधारित हुने बसन्तको भनाई छ ।  
 
 
Most Visited News (monthly)