Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

सलमान विरुद्ध नारा

फिल्मीखबर, काठमाडौं, 2015/04/24
बलिउड अभिनेता सलमान खान कुनै न कुनै विवादको शिकार भैरहन्छन् । सलमान अहिले फिल्म 'बजरंगी भाइजान'को छायांकनका लागि जम्बु कस्मिर छन् । तर, सलमान देखेर उनका फ्यान भने निराश भएका छन् । 
 
छायांकनका क्रममा सलमानका फ्यान उनलाई हेर्न चाहन्छन् । जसका कारण उनको छायांकन गरिरहेको स्थल बाहिर ठूलै भिड लाग्ने गरेको छ । तर, सलमानका सुरक्षा गार्डले फ्यानलाई कुटेका छन् । यसपछि सलमानका विरुद्ध फ्यानहरुले नारा नै लगाएका छन् ।
 
आफू विरुद्ध नारा लागेपछि सलमान केही शान्त देखिएको भारतीय केही मिडियाले जनाएका छन् । उनले हात हल्लाउँदै फ्यानलाई शान्त हुन भनेका छन् । सलमानले छायांकन गरिरहेको स्थान पहलगाम हो । यो समयमा पर्यटकहरु पहलगाम घुम्नका लागि आउँछन् । 
 
सलमानको छायांकन कारण पर्यटकलाई पहलगाम क्षेत्रमा प्रवेश दिइएको छैन । जसका कारण पनि पर्यटकहरु निराश भएका छन् । फिल्ममा सलमान खान र करिना कपुरको मुख्य भूमिका छ । यो फिल्म इदमा प्रदर्शनमा आउनेछ ।
Most Visited News (monthly)