Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

बिहे नगर्ने प्रियंकाको प्रण

फिल्मीखबर, काठमाण्डौ, 2015/04/24
अभिनेत्री प्रियंका कार्कीले फेरि बिहे नगर्ने प्रण गरेकी छिन् । उनले शुक्रबार प्रकाशित हुने कान्तिपुर साप्ताहिकसँगको कुराकानीमा फेरि बिहे नगर्ने उद्घोष गरेकी हुन् । 
 
प्रियंकाले कुराकानीमा भनेकी छिन्, ‘बिहे भन्ने शब्दसँग मेरो खासै ट्यूनिङ मिल्ला जस्तो लागेन । सायद अब बिबाह गर्दिन होला ।’ मिस टिन बिजेता प्रियंकाको पहिलो बिबाह असफल भएको थियो । 
 
प्रियंकाले रोचक मैनालीसँग सन् २०१०मा विवाह गरेकी थिइन् जुन तीन वर्ष पछि सन् २०१३मा तोडिएको थियो । वैवाहिक सम्बन्ध असफल भएपछि नेपाल आएकी प्रियंका त्यसयता नेपाली फिल्ममा सबैभन्दा व्यस्त अभिनेत्री बनेकी छिन् । अझ भनौं, उनलाई बैबाहिक सम्बन्ध बिच्छेद फापेको छ । 
 
बिबाह नगर्ने प्रणलाई उनले साँच्चिकै सार्थक तुल्याउँछिन् कि बीचमै तोड्छिन् त्यो त भविष्यले नै बताउला । तर, सेलिब्रेटीहरु आफूले भनेका कुरा केही बर्ष नपुग्दै उल्ट्याउन पनि उत्तिकै माहिर मानिन्छन् ।
Most Visited News (monthly)