मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

दिपक–दीपा जि, सक्नुहुन्छ भने `वडा नं ६` चलाउनुस्

फिल्मीखबर, काठमाडौं, 2015/05/24
भूकम्प पीडितका लागि राहत दिने भन्दै निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले पुरानो फिल्म ‘छ एकान छ’ पुन रिलिज गर्न लागेका छन् । आउँदो शुक्रबारबाट यो फिल्म देशभरका फिल्म हलमा लाग्ने दिपकको भनाई छ । फिल्मबाट आएको शेयरको सम्पूर्ण अंश भूकम्प पीडितका लागि खर्च गर्ने उनीहरुको भनाई छ ।
 
 
‘छ एकान छ’ हिट भैसकेको फिल्म हो । यो फिल्म काठमाण्डौ र काठमाण्डौ बाहिरका धेरैजसो फिल्म हेर्ने दर्शकले हेरिसकेका छन् । फिल्म युट्युबमा पनि आईसकेको छ । यसैले पुन: रिलिज गर्दा  यसबाट ठूलो धनराशी आउँछ भनेर अड्कल काट्न गाह्रो छ । 
 
दीपक र दीपाले नै निर्माण गरेको फिल्म ‘वडा नम्बर छ’ असोज १  गते  चल्दैछ । यो फिल्मलाई यो समयमा प्रदर्शन गर्ने वा च्यारेटी गरेर रकम उठाउने हो भने राम्रै रकम उठ्छ, जसले भूकम्प पीडितका लागि ठूलो राहत दिन्छ ।
 
 
तर, आजसम्म आफ्नै गोजीबाट १ रुपैयाँ पनि नलिकालेको यो जोडीले यूट्युबमा समते आइसकेको फिल्म प्रदर्शन गरेर केही गर्यौ है भनेर देखाउन खोजिरहेका छन् । दिपक आफ्नो फिल्म ‘वडा नम्बर ६’ प्रदर्शनका लागि तयार भैनसकेको बताउँछन् । तर, यो फिल्मलाई जेठमा नै प्रदर्शनमा ल्याउने तयारी सुरुवातमा गरिएको थियो । यसैले यो फिल्मको च्यारेटी वा प्रदर्शनका लागि तात्ने हो भने समय लाग्दैन । 
 
यसकारण, नयाँ फिल्म चलाएर वास्तविक समाजसेवा गर्ने हो कि ? प्रचारका लागि त चाउचाउ बाँडेर फोटो खिचाउनेहरुले पनि गरेकै छन् त ?