Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दैविक प्रकोप कोषमा कलाकारले नै रकम जम्मा गरे कसो होला ?

फिल्मीखबर, काठमाडौं, 2015/05/22

केही दिनदेखि नेपाली मिडियामा एउटा समाचारले स्थान पाइरहेको छ । प्रधानमन्त्री दैविक प्रकोप कोषमा रहम सोचे अनुसार जम्मा नभएको भन्दै सरकारले केही कलाकार, खेलाडी र समाजसेवीलाई बोलायो । उनीहरुलाई सरकारले जनतालाई यो कोषमा रकम जम्मा गर्नका लागि अपिल गरिदिन आग्रह ग¥यो ।


तर पनि यो कोषमा आशातित रकम जम्मा हुन सकेको छैन । अभिनेता राजेश हमाल, कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले एक कार्यक्रममा सरकारलाई शंकालु सहयोग गर्न आग्रह गरे । कलाकारको यो आग्रहले कत्ती फरक पर्छ भोलीको कुरा हो ।तर, जनतालाई मैले गरे तपाईहरु पनि गर्नुहोस् भनेर देखाउँदा झनै राम्रो हुन्छ । भारतको उतारखण्डमा बाढी जाँदा अभिनेता साहरुख खानले प्रधानमन्त्री दैविक प्रकोप कोषमा २० करोड प्रदान गरेका थिए । अक्षय कुमार, अमिताभ बच्चन पनि यसरी नै अगाडि देखिएका थिए ।

 


तर, अरुलाई आग्रह गर्ने कलाकारले सुरुवात आफैबाट गरेको खण्डमा जनतामा अझ विश्वास पलाउने थियो । अभिनेता राजेश हमाल, कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले आफूले सकेको रकम प्रधानमन्त्री दैविक प्रकोप तथा उद्दार कोषमा दिने हो भने जनताले अझ धेरै पत्याने थिए । यस्तो, कुराको सुरुवात गर्न कलाकार भने आफै किन डराउछन् ? कलाकारले नै यो कामको सुरुवात गर्न सक्दैनन् भने  जनताले कसरी उनीहरुको भनाइलाई मात्र विश्वास गर्ने ?

Most Visited News (monthly)