मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

कुचो लिएर र मैनवत्ती बालेको प्रचार खोज्दै कलाकार संघ

फिल्मीखबर, काठमाठौं, 2015/05/22

भूकम्प गएपछि नेपाली फिल्मका विभिन्न संघसस्थाले आ आफ्नै तबरले काम गरे । कुनै संस्था सक्रिय नै देखिए भने कुनै निष्क्रिय । कुनै संस्था भने देखाउनका लागि मात्र सक्रिय देखिए ।यस्तो समयमा सबैभन्दा सक्रिय देखिनुपर्ने संस्था हो, नेपाल चलचित्र कलाकार संघ । यो संघ सक्रिय देखिएजस्तो पनि देखियो, तर देखाउनका लागि मात्र । दैनिकजसो सामान्य काम गरेको तस्बिर फेसबुकमा राखेर र मिडियामा समाचारको आग्रह गरेर कलाकार संघले काम भन्दा प्रचार ज्यादा खोजेको देखियो ।



कलाकार संघका नेपालका पुरानादेखि नयाँ सबै कलाकार आवद्ध छन् । तर, कलाकार संघले कलाकारलाई नै एकत्रित गर्न सकेन । अध्यक्ष नवल खड्का कहिले कुचो लिएर गंगबु बसपार्कमा पुगे भने कहिले लाखबत्ती बाल्ने भन्दै पशुपतिमा देखिए ।कलाकार संघले सस्तो लोकप्रियताका लागि मात्र यस्ता काम गर्ने होइन । तर, देखियो त्यस्तै । कलाकार संघले चाहेको भए सबै कलाकारलाई भेला गराएर ठूलै धनराशी जम्मा गर्न सक्थ्यो । जसले कुनै गाउँको पूननिर्माण नै हुनसक्छ ।



तर, राजेश हमाल कुचो लिएर टुडिखेलमा पुगे, केही कलाकार ४० वटा गाउँ बनाउन काभ्रे पुगे त कोही कलाकार आफ्नै तबरले राहत वितरणमा देखिए । कलाकार संघको आह्वानलाई पत्याएर आउने कलाकार थोरै मात्र देखिए ।अध्यक्ष नवल खड्काले दैनिकजसो सामान्य भन्दा सामान्य कामलाई भने हामीले ग¥यौ भन्दै मिडियामा समाचारका लागि पठाएका छन् । के कलाकार संघ जस्तो शक्तिशाली संस्थाले गर्ने काम यीनै हो ? यस्तो बेलामा प्रचार भन्दा पनि जनतालाई प्रत्यक्ष रुपमा राहत हुने काम गर्नुपर्ने हो ।

 

तर, टुँडिखेलमा केही कलाकार लगेर नचाएर, पशुपतिमा लाखबत्ती बालेर कलाकार संघले आफ्नो दायित्व पुरा भएको ठानेको छ ।कलाकार संघका आवद्ध सबै कलाकारले आफ्नो क्षमता अनुसार रकम सहयोग गर्ने हो भने एउटा ठूलो गाउँ नै पूननिर्माण हुनसक्छ । तर, सिमित कलाकार मिलेर यस्तो काम गरिरहँदा अध्यक्ष खड्का भने सस्तो लोकप्रियतामा रनभुल्ल परिरहेको देखिन्छ ।