मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिरले ज्याकी च्यानसँग फिल्म नखेल्ने

फिल्मीखबर, काठमाडौं, 2015/05/22

 केही दिन अघि हलिउड अभिनेता ज्याकी च्यान र  बलिउड अभिनेताआमिर खान भारत चीनको संयुक्त लागनीमा बन्न लागेको ‘कुङफू योगा’मा अभिनय गर्ने समाचार बाहिरिएको थियो । तर यस्तो समाचार आएको हप्ता दिन बित्न नपाउँदै  आमिर खानले आफूले ज्याकी च्यानसँग अभिनय गर्ने भनिएको समाचारको खण्डन गरेका छन् ।

 

आफ्नो पछिल्लो फिल्म ‘पिके’को प्रदर्शनका लागि चीनमा रहेका आमिरले भारत फर्किए लगत्तै समाचारको खण्डन गरेका हुन् । उनले अभिनय गर्न लागेको फिल्म ‘दंगल’ र ज्याकी च्यानको फिल्मको सुटिङ एकै समयमा हुने भएकाले उनले ‘कुङफू योगा’मा अभिनय गर्न नभ्याउने जनाएका हुन् ।

 


‘ज्याकीले स्ट्यान्ली टोङलाई निर्देशक लिएर सेप्टेम्बर अक्टुबरमा सुटिङ गर्ने तयारी गरिरहेका छन् । सोही समयमा म पनि दंगलको सुटिङ गरिरहेको हुन्छु । त्यसैले तिब्र ईच्छाका बावजूद पनि काम गर्न पाईन,’ आमिरले टाइम्स अफ इन्डियासँग कुरा गर्दै भनेका छन् ।फिल्म मार्फत भारत चीन दौत्य सम्बन्ध मजबुत बनाउने उद्धेश्यले भारत र चीनबीच तीन फिल्म बनाउने सम्झौता अन्तर्गत ‘क्ङफू योगा’ पहिलो फिल्मको रुपमा बनाउन लागिएको थियो ।

 


आमिरले च्यानले उनको पछिल्लो फिल्म ‘पिके’ नहेरेको पनि जानकारी दिएका छन् ।‘च्यानले मलाई डिनरका लागि बोलाएका थिए । उनले थ्रि इडियट्स त हेरेका छन् तर पिके हेरेका छैनन् । मैंले च्यानलाई उनी भारतमा धेरै लोकप्रिय रहेको र आफू पनि पुलिस स्टोरी २ हेरेदेखिकै फ्यान रहेको बताएँ । उनी खुशी भए,’ आमिरले कुराकानीमा भनेका छन् ।