मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्प पीडितसँग नीताको पीडा

फिल्मीखबर, काठमाडौं, 2015/05/24

अभिनेत्री नीता ढुंगाना भक्तपुरको बोडेमा राखिएका भूकम्प पीडितसँग भलाकुसारी गर्न पुग्दा आफ्नै पीडाको कुरा सुनाइन् । उनीहरुसँग नीताले आफ्नो पनि अपार्टमेन्ट बस्न नहुने गरि भत्किएको र हेटौडाको घर पनि भूकम्पले भत्किएको बताइन् । भूकम्प पीडितसँग आफ्नै पीडाको कुरा गर्दै नीताले आफूले आफन्त पनि  गुमाएको बताइन् ।

 


अभिनेत्री ढुंगानाका दिदीका छोराको भूकम्पका कारण निधन भएको थियो । अहिले आफू पाल मुनी बसिरहेको नीताको भनाई छ । नीताका अनुसार अपार्टमेन्टको बिमा गरिएकाले पनि उनको करिब ६५ लाखको लगानी डुब्ने छैन । तर, पनि बिमाको पैसा कहिले आउँछ पत्तो छैन । अपार्टमेन्ट र हेटौडाको घर भत्किएपछि आफू पालमा बसिरहेको उनले अस्थायी शिविरमा बसिरहेका भूकम्प पीडितलाई सुनाइन् ।नेपाली फिल्म क्षेत्रका थुप्रै फिल्मीकर्मीहरु भूकम्पका कारण पीडित बनेका छन् ।