Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मीरा साहिदकी आफ्नै रोजाई

एजेन्सी, मुम्बई, 2015/05/28

बलिउडका चलकेटी अभिनेता साहिद कपुर दिल्लीकी मिरा राजपुतसँग बिहे बन्धनमा बाँधिदैछन् । साहिदले बलिउड भन्दा बाहिरकी यूवती रोजेपछि अहिले विभिन्न खालका अड्कल पनि काटिएको छ ।

 

प्रियंका चोपडादेखि करिना कपुरसम्मको प्रेममा परेका साहिदले बलिउड भन्दा बाहिरकी यूवती किन रोजे ? कतै उनलाई परिवारको दबाब त थिएन ? साहिदका पिता पंकज कपुरले मिरालाई रोजेको चर्चा पनि चलेको थियो । तर, साहिदकी आमा निजिमा अलिमले मिरा साहिदकै रोजाइ भएको बताएकी छिन् ।

 

उनले साहिदले मिरालाई मन पराएका र उनले नै बिहे गर्ने निर्णय गरेको खुलाएकी हुन् । निजिमाले यो एरेन्ज नभई लभ म्यारिज भएको भन्दै मिरा राम्री भएको बताइन् । साहिदले आफूले के गर्नुपर्छ र के गुर्नहुदैन भन्ने वुझेको उनको भनाई छ ।

Most Visited News (monthly)