Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बने थप १५ घर

फिल्मीखबर, काठमाडौं, 2015/05/28

प्रोजेक्ट रुफ अन्तर्गत फिल्मकर्मीले सुरु गरेको घर बनाउने दोस्रो शृंखला अन्तर्गत नुवाकोटको थासिङमा १५ घर बनेका छन् ।  अभियान संयोजक सुरेश दर्पण पोखरेलले बुधबार शनिबार सम्ममा ७० वटा अस्थायी घर निर्माण सम्पन्न गर्ने योजना रहेको बताएका छन् । बिहीबार टोलीले काठमाडौं कै झोरमा घर निर्माणको काम थाल्नेछन् ।

 


नुवाकोटमा घर बनाउन समूहलाई पूजा थापा र सेन्ट जर्मन समूहले सहयोग गरेको हो । यसमा हङकङ नेपलिज रेस्क्यु र भोलेन्टियर टिमको पनि साथ रहेको पोखरेलले जानकारी गराए । त्यसैगरी अभियानलाई पेन्सेल्भिनियाका भानु जैसीले ५१ ह्जार सहयोग प्रदान गरेका छन् । उनले फिल्मकर्मीको अभियानमा ऐक्यवद्धता जनाउँदै सो रकम अस्थायी घर निर्माणमा सघाउन प्रदान गरेका हुन् ।फिल्मकर्मीले यसअघि काभ्रेका भूकम्प पीडितलाई ४० वटा अस्थायी टहरा निर्माण गरेर हस्तान्तरण गरेका थिए ।

Most Visited News (monthly)