काठमाण्डौको नुतन स्टूडियोको २ वटा फ्ल्याट भाडामा दिइएको छ । जोरपाटीको चापागाँइ स्टूडियो पूर्ण रुपमा काम गर्न नसक्ने गरि भत्किएको छ । बोगटी स्टूडियोमा चर्किएको स्थानमा बनाउने काम भैरहेको छ ।
सबैजसो स्टूडियोमा भूकम्पका कारण समस्या भएपछि निर्माता चेतन सापकोटाले आफ्नो फिल्म भाग सानी भागका लागि आफ्नै घरमा सेट लगाएका छन् । भूकम्पपछि रोकिएको यो फिल्मको छायांकन आजबाट सुरु गरिएको चेतनले जानकारी दिएका हुन् ।
९० प्रतिशत छायांकन भूकम्प अगाडि नै सकेका चेतनले बाँकी १० प्रतिशत अब सक्ने बताए । नवल नेपालको निर्देशनमा तयार भैरहेको यो फिल्ममा केकी अधिकारी, सविन श्रेष्ठलाई देख्न सकिन्छ । संगीतकारबाट निर्माता बनेका सापकोटाका अनुसार सविन, केकी र कलाकार लय संग्रौला छायांकनमा छन् । द्धन्द्ध निर्देशक हिमाल केसी र नृत्य निर्देशक कविराज गहतराज काठमाण्डौ बाहिर भएकाले काम केही लम्बिने उनले बताए ।

