
चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म 'हवल्दार सुन्तली'को नयाँ गीत रिलिज भएको छ । `ढिकी च्याउँ` बोलको गीतमा फिल्मकी मुख्य पात्र शिल्पा पोखरेल बालबालिकासँग खेलेकी छिन् ।

फिल्म 'धून'बाट निर्देशनमा डेब्यु गरेका कृष्ण पौडेलले 'सत्या'को निर्देशन गर्ने भएका छन् । आईतवार राजधानीको एक स्टुडियोबाट फिल्मको सांगीतिक कार्य शुभारम्भ गरियो ।

चैत्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'भूलभूलैया'बाट अभिनेताको रुपमा उदाउने तयारीमा छन् सोहित मानन्धर । सोहितले यसअघि फिल्म 'रिदम' र ;नाई नभन्नु ल २'मा सह–अभिनेताको रुपमा काम गरेका छन् ।

चलचित्र पत्रकार संघ हेटौडा शाखाको नयाँँ नेतृत्व पत्रकार मणिराज गौतमले सम्हाल्ने भएका छन् । शनिबार भएको संघको वार्षिक साधारण सभामा गौतमलाई सर्वसम्मतले अध्यक्ष बनाएको हो ।

अभिनेत्री झरना बज्राचार्यले बिहे गरेकी छिन् । केहि बर्षदेखि फिल्म 'सेफ ल्याण्डिङ'का निर्माता तथा व्यवसायी राहुल अग्रवालसँग झरनाले प्रेम विवाह गरेकी हुन् ।

आउँदो शुक्रबार अर्थात चैत्र ६ गते रिलिज हुन लागेको फिल्म 'माला'को 'बाटो सुनसान' बोलको गीत रिलिज गरिएको छ । फिल्मका निर्देशक सुदीप भूपाल सिंहले कोरेको उक्त गीतमा एड्रिन प्रधानको स्वर रहेको छ । संगीतकार भने मनोज कुमार केसी र राहुल मुखर्जी हुन् ।

