Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्राविधिकलाई नगद सहयोग

फिल्मीखबर, काठमाडौं, 2015/06/05

भूकम्प पछि पीडितका लागि राहत तथा पुनस्र्थापनामा सघाउँदै आएको फिल्मकर्मीको अभियान ‘वि फर अल’ले १० जना भूकम्प पीडित प्राविधिकलाई नगद सहयोग गरेको छ । शुक्रबार बिकासबोर्डमा आयोजिक कार्यक्रममा प्राविधिकलाई दस हजारका दरले समूहले नगद प्रदान गरेको हो ।

 

प्राविधिक संघको रोहबरमा १० जना स्पट ब्वाईले सो सहयोग पाएका हुन् । सोही अवसरमा समूहले पत्रकार कुबेर गिरीलाई पनि नगद दस हजार सहयोग गरेको हो । भूकम्पका कारण मृत्य भएका प्राविधिक धनबहादुर श्रेष्ठको परिवारलाई पनि समूहले नगद १५ हजार सहयोग गरेको थियो ।

 

समूहले केही दिन अघि मृगौला रोगका कारण भक्तपुर अस्पतालमा उपचार गराईरहेका कलाकार प्रदिप सिंहलाई पनि नगद २५ हजार सहयोग गरेको अभियान संयोजक सुरेश दर्पण पोखरेलले जानकारी गराए ।पोखरेलले काभ्रे, नुवाकोट र काठमाडौंमा गरी करिब ७० घर निर्माण गरेको र आउँदो साताबाट हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ५०० घर निर्माण थाल्ने जानकारी गराए ।

Most Visited News (monthly)