Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजकुमार राई विकास बोर्ड अध्यक्ष

फिल्मीखबर, काठमाडौं, 2015/06/05

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सधै नै चर्चा हुने गर्दछ । तर, बोर्डमा पुगेपछि अध्यक्षहरुले खासै त्यस्तो चमत्कारिक काम भने गरेका छैनन् । धमेन्द्र मरवैता पप्पुले माघको तेश्रो सातामा राजिनामा दिएपछि रिक्त भएको चलचित्र विकास बोर्डमा राजकुमार राई नियुक्त भएका छन् ।

 

आज बसेको मन्त्रिपरिषद्को वैठकले राइलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । राइलाई अध्यक्ष पदमा नियुक्त गरेपछि उनलाई वधाई दिने फिल्मीकर्मीहरुको ताती लागेको छ । विगत ५ महिनादेखि बोर्ड रिक्त हुँदा थुप्रै कामहरु हुन पाएका थिएनन् । फिल्मी क्षेत्रकै मानिस बोर्डमा गएपछि अब यसले गति लिने आशा गरिएको छ । फिल्म निर्माता संघमा अध्यक्ष पद हाँकिरहेका राइले फिल्म क्षेत्रकै लागि काम गर्ने बताए । उनले आइतबार पत्र वुझ्नेछन् ।

Most Visited News (monthly)