Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

प्रदिपलाई रेखाको ५० हजार सहयोग

फिल्मीखबर, काठमाडौं, 2015/06/05

नेपाली फिल्म क्षेत्रमा विगत ३ दशकदेखि सक्रिय कलाकार प्रदिप सिंहलाई अभिनेत्री रेखा थापाको रेखा फाउन्डेशनले सहयोग गरेको छ । दोश्रो पटक आएको ठूलो भुकम्पका कारण दुबै किड्नी फेल भएपछि अहिले उनको उपचार भइरहेको छ ।

 

आज उनी उपचार गराइरहेको अस्पताल पुगेर रेखा थापा फाउन्डेशनका तर्फबाट महासचिव सविर श्रेष्ठले नगद ५० हजार सहयोग गरेका हुन् । रेखा थापा फाउन्डेशनका तर्फबाट यसअघि विभिन्न रंग पत्रकारहरुलाई नगद सहयोग गरिएको थियो । अभिनेत्री रेखा थापा भने अमेरिका रहेकाले सहयोग हस्तान्तरणमा उपस्थित हुन सकिनन् । सहयोग पाएपछि कलाकार सिंहले आफू अत्यन्त हर्षित भएको र अब बाँच्ने आशा पलाएको बताए ।

 

उनले दुबै किड्नी फेल भएकाले उपचारका लागि नगद ३० लाख लाग्ने बताए । भक्तपुरमा उपचार गराइरहेका उनले नेपालमा नभए भारत जान सक्ने बताए । दुबै किड्नी प्रत्यारोपण गर्नका लागि नगद ३० लाखसम्म लाग्ने उनले बताए । दैनिक ५ देखि ७ हजारसम्म खर्च भैरहेको उनले बताएका थिए । आफूले आह्वान नगर्दा पनि कलाकारहरुले मनदेखि सहयोग गरेको भन्दै उनले खुशी व्यक्त गरे । उनले रेखासँग फिल्म  हिरोमा सँगै अभिनय गरेका थिए जुन रेखाको पहिलो फिल्म थियो ।

Most Visited News (monthly)