Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झुनझुनवालासँग झ्याँई पार्दै हर्षिका

फिल्मीखबर, काठमाडौं, 2015/06/04

नायिका हर्षिका श्रेष्ठले बिहे गर्ने भएकी छिन् । हर्षिकाले कलकत्ता निवासी व्यापारी प्रसुन झुनझुनवालासँग विवाह गर्ने भएकी हुन् । प्रसुनको अटोमोबाइल्सको व्यापारी रहेको हर्षिकाले बताएकी छिन् ।

 


उनले तीनकुने स्थित रोयल ब्याङकेटमा आउँदो २७ गते विवाह गर्नेछिन् । आठ महिना अघि सांस्कृतिक कार्यक्रमको सिलसिलामा मुम्बईमा भेट भएपछि दुवैको सम्बन्ध गाढा बनेको थियो । केही समय अघि हर्षिकाको भारत यात्रा बाक्लिएको थियो । उनले बेला बेलामा भारततिर घुम्न गएका तस्विर फेसबुकमा सेयर गर्दै आएकी थिइन् । हर्षिकाले परिवारको स्विकृतिमा नै विवाह गर्न लागेको बताएकी छिन् ।


हर्षिकाले विवाह पछि पनि नेपाली फिल्ममा अभिनयलाई निरन्तरता दिने बताएकी छिन् । हर्षिकाले पछिल्लो समय दयाराम दाहालको निर्देशन बनिरहेको फिल्म ‘लुटेरा’मा अभिनय गरिरहेकी थिइन् ।हर्षिकाले प्रशान्त तामाङको अभिनय रहेको फिल्म ‘अँगालो यो माया’कोबाट २०६७ सालमा नेपाली फिल्ममा अभिनय थालेकी थिइन् । तर हर्षिका अभिनित कुनै पनि फिल्मले राम्रो व्यापार गर्न सकेका थिएनन् । झन् पछिल्लो समय त हर्षिका ‘कर्कश’, ‘मुखौटा’, ‘षडङग’ फिल्ममा उस्तै रोलमा देखिएकी थिइन् ।

 

 

Most Visited News (monthly)