
बलिउडमा अभिनेत्रीहरुको सम्बन्ध एकअर्कासँग राम्रो हुँदैन । ब्रान्ड भ्यालुदेखि बक्स अफिस सफलताले अभिनेत्रीहरुमा एक अर्काको डाहा गर्ने स्वभाव हुन्छ । तर, अभिनेत्रीद्धय दीपिका पादुकोण र अनुष्का शर्मामा देखिएको मित्रताले भने यो कुरालाई केही हदसम्म काटेको छ ।

गोपीकृष्ण मुभिज प्रालीको ब्यानरमा उद्धव पौड्यालको प्रस्तुती रहने फिल्म 'ठमेल डटकम'मा प्रमुख कलाकारको रूपमा अनुप विक्रम शाही र नरेन खड्का अनुबन्धित भएका छन् । यसअघि प्रमोद अग्रहरी र नीता पोखरेल अनुबन्धित भईसकेका थिए ।

नेपालमा जस्तै भारतमा पनि सेन्सर बोर्ड र फिल्मीकर्मीको विवाद लामो समयदेखि चल्दै आएको छ । हालैमात्र फिल्म 'एनएच १०' र 'बदलापुर' फिल्मलाई सेन्सरले दु:ख दिएपछि अहिले यसको अस्तित्व माथि नै प्रश्न उठ्न थालेको छ ।


केहि महिना अगाडि श्रीमती मधु भट्टराईको भिसा नलागेपछि अभिनेता राजेश हमाल एकसाथ जोडी बाँधेर अमेरिका जान पाएका थिएनन् । उनको हनिमुन अमेरिकामा मनाउने योजना असफल भएको थियो । हमालले मधुलाई लिएर पोखरामा हनिमुन मनाउन वाध्य भएका थिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम लेखाउन सफल भएका सौगात बिष्टलाई सूर्योदय आवासीय माध्यमिक विद्यालयले रू. तीन लाख पचास हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

