Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘एभरेष्ट’ट्रेलरमा अटाएनन् विजय लामा

फिल्मीखबर, काठमाडौं, 2015/06/05

सन् १९९६मा सगरमाथामा घटेको एक घटनामा आधारित हलिउड फिल्म ‘एभरेष्ट’को ट्रेलर सार्वजनिक भएको छ । तर फिल्ममा नेपाली पाइलट मदन केसीको भूमिकामा अभिनय गरेका क्याप्टेन तथा अभिनेता विजय लामा भने ट्रेलरमा अटाएका छैनन् । काठमाडौं तथा सगरमाथा वरिपरि खिचिएको फिल्ममा विजय लामा नअटाएपनि लामा स्वयंले ट्रेलर सेयर गर्दै फिल्मले विपद्को क्षण पछि देशको तस्विर दुरुस्त राख्ने विश्वास व्यक्त गरेका छन् ।

 


फेसबुकमा स्टाटस लेख्दै ट्रेलरको प्रशंसा गरेका लामाले सोही स्ट्याटसमा कर्णेल मदन केसीको पनि स्मरण गरेका छन् । सन् २९९६मा सगरमाथामा आरोहणमा गएका केही सदस्य हिम पहिरोमा परी आफ्नो ज्यान गुमाउन बाध्य भएका थिए । सोही क्षणलाई जोन क्राउकरले ‘इन्टु दि थिन एअर’ शीर्षकमा लिपिबद्ध गरेका थिए । फिल्म यही पुस्तकका आधारमा तयार भएको हो । बाल्सार कोरमाकरको निर्देशन रहेको फिल्ममा केरा नाइटली, जेसन क्लार्क, जोस ब्रोलिन, इमली वाटसन आदि कलाकारले अभिनय गरेका छन् । फिल्म सेप्टेम्बर १८मा देशव्यापी रिलिज हुँदैछ ।

Most Visited News (monthly)