Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारले नेतालाई हाने तीन गोल ( फोटो फिचर सहित)

फिल्मीखबर, काठमाडौं, 2015/06/06

शनिबार स्वयम्भुस्थित सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको मैत्री पूर्ण खेलमा नेपाली कलाकारले नेताको टोलीलाई तीन गोल हानेको छ । भूकम्प पीडितको सहयोगार्थ भएको खेलमा कलाकारका तर्फबाट मनराजा श्रेष्ठ, रोशन श्रेष्ठ र नविन केसीले गोल गरेका थिए । पहिलो हाफको ३७ मिनेटमा मनराज श्रेष्ठले गोल गर्दै कलाकारका तर्फबाट गोलको खाता खोलेका थिए । बाँकी दुई गोल भने दोस्रो हाफको अन्त्यतिर सम्भव भएका थिए ।

 

कलाकारका तर्फबाट रोशन श्रेष्ठले ३९ मिनेटमा र नविन केसीले ४३ मिनेटमा गोल गरेका थिए । कलाकारका तर्फबाट शंकर विसी र बद्री पंगेनीले खेल अवधिभर गोलका लागि थुप्रै प्रहार गरेका भएपनि शीर्ष नेता तर्फका गोल किपरले असफल बनाएका थिए ।नयाँ पत्रिकाले भूकम्प पीडितका लागि एक करोड उठाउने लक्ष्यसाथ आयोजना गरेका मैत्रीपूर्ण फुटबललाई ‘शीर्ष नेता भर्सेज चर्चित कलाकार’ नाम दिईएको थियो । नाम बमोजिम मैत्रीपूर्ण फुटबल खेल्न स्वयं प्रधानमन्त्रीदेखि राजनीतिक पार्टीका शीर्षस्थ नेताको उपस्थिति थियो । प्रधानमन्त्री सुशील कोइराला स्वयंले शीर्ष नेताको टोलीको कम्पतानी गरेका थिए ।

 

 

खेलको सुरुवात गरेका कोइराला करिब करिब  २५ मिनेट मैदानमा रहेका थिए । शीर्ष नेताको तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई, हिसिला यमी, केपी ओली, झलनाथ खनाल, गगन थापा, रविन्द्र अधिकारी, विश्वप्रकाश शर्मा, वर्षमान पुन आदि मैदानमा उत्रिएका थिए । त्यसैगरी कलाकारको तर्फबाट कप्तानी गरेका मह जोडी बाहेक करिष्मा मानन्धर, झरना थापा, आकाश अधिकारी, शम्भुजित बाँस्कोटा,प्रियंका कार्की, कोमल ओली सुदर्शन थापा, पूजा शर्मा, प्रमोद खरेल, तीतो सत्य, मेरी बास्सै समूहका कलाकार मैदानमा उत्रिएका थिए ।

 

 

Most Visited News (monthly)