
सुष्माको ढाडमा लामो समयसम्म प्रेमी निरनको ट्याटु थियो । सुष्माले यो ट्याटुलाई आफ्नो निरनप्रतिको माया भन्दै आएकी थिइन् । जब निरनसँगको प्रेम पूर्ण रुपमा टुट्यो, सुष्माले ट्याटु पनि हटाइन् ।

बर्षमा थोरै मात्र फिल्मका गीत हिट हुन्छन् । ईतिहास हेर्ने हो भने गीत हिट भएका अधिकांश फिल्मले सफलता पाएका छन् । अहिले फिल्म 'रेशम फिलिली'को गीत निकै हिट बनेको छ । 'जालमा' बोलको गीत भाईरल बनेसँगै फिल्मलाई सफलताको संकेत मिलेको छ ।


यो बर्ष नेपाली फिल्म क्षेत्रका लागि खासै सुखद बनेको छैन । कलाकारका लागि पनि फिल्मले व्यापार नगर्दा प्रत्यक्ष असर परिरहेको छ ।

बलिउड अभिनेता शाहिद कपुरले इन्गेजमेन्ट गरेको खबर छ । उनले दिल्लीमा बस्दै आएकी मिरा राजपुतसँग इन्गेजमेन्ट गरेका हुन् । भारतीय संचारमाध्यममा अहिले साहिदको इन्गेजमेन्टको खबर आगो जसरी फैलिएको छ ।

बलिउडका चर्चित कलाकार राजपाल यादव अहिले ५ करोड ऋणको मामलामा फसेका छन् । राजपालले दिल्ली हाइकोर्टसँग नयाँ प्रस्ताव राख्दै रकम फिर्ता गर्ने बचन दिएका छन् ।

