Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ध्यानी बन्दै करिष्मा

फिल्मीखबर, काठमाडौं, 2015/06/16

जवानीका दिनमा मानिसलाई धर्म कर्मको खासै ख्याल हुन्न तर उमेर बढ्दै गएर मृत्यु बोधले सताउन थालेपछि मानिस बिस्तारै धर्मभिरु बन्न थाल्छ । तर हाम्री अभिनेत्री करिष्मा मानन्धर उमेर छँदै धर्मकर्म र ध्यानको अभ्यासमा लागेकी छिन् ।

 

भूकम्प पीडितलाई सघाउने क्रममा भारतकी ख्यातिप्राप्त माता साधवी ऋतम्भरासँगको संगतसँगै करिश्मा ध्यान र प्रवचनमा पनि सक्रिय हुन थालेकी हुन् । उनी यतिखेर ऋतम्भराले आगामी सोमबार राजधानीमा दिने विशेष ध्यान शिविरको तयारीमा जुटेकी छिन् ।

 

करिश्मालगायतका कलाकारहरुको सहयोग र सल्लाह तथा समन्वयमा साधवी ऋतम्भरा आपफूले भूकम्पले घरबार बिहीन बन्न पुगेका राजधानीका पीडितहरुका लागि निर्माण गरिदिँदै गरेको टहरा घरको निरीक्षण गर्न सोमबार काठमाडौं आउँदै छिन् । ऋतम्भराले नेतृत्व गरेको संस्था परमशक्तिपीठ नेपाल सेवा समितिले राजधानीको धर्मस्थलीस्थित चौगाउँका पीडितहरुका लागि ७५ घर टहरा निर्माण गरिरहेको छ ।

 

सामाग्री अभावमा पीठले हालसम्म जम्मा २० वटा घर निर्माण गरेको भएपनि सोमबार राजधानी आईपुग्ने माता ऋतम्भराले सोही दिन चौगाउँमा बनिरहेका घर टहराहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । तर सोही दिन भूकम्पले आत्तिएको मनलाई सम्हाल्न तथा ध्यानप्रति आकर्षित गर्न ऋतम्भराले सोही दिन साँझ राजधानीमा विशेष प्रवचन दिनेछिन् जसको संयोजन करिष्माले गरिरहेकी छिन् ।

Most Visited News (monthly)