सपनाको देश भनिने अमेरिका नेपाली कलाकारका लागि पनि प्रिय छ । अमेरिका जानु भनेको करिअरकै सवैभन्दा ठूलो युद्ध जितेको जस्तो ठान्ने कलाकारको संख्या पनि यहाँ कम छैन ।
अभिनेत्री निशा अधिकारी पनि सुटुक्क अमेरिकातर्फ लागेकी छिन् । उनी केही दिन अगाडि सुटुक्क अमेरिका उडेकी हुन् । अमेरिका पुगेकी निशाको मुख्य उद्देश्य के भन्ने खुलेको छैन । तर, उनी २ महिना या दशैपछि नेपाल फर्कने सोचमा छन् । निशाले अब अमेरिकामा नै बस्ने सोच बनाएको उनी निकट फिल्मीकर्मीले बताएका छन् ।
निशा अमेरिका उडेपछि उनी र क्रिकेटर शरद भेष्वाकरको प्रेमका बिषयमा पनि चर्चा सुरु भएको छ । शरदबाट अगल भएर निशा अमेरिका हानिएको हल्ला चल्न थालेको छ । यसअघी निशा अमेरिका जाँदा निरक पौडेलसँगको प्रेम टुटेको थियो ।
अभिनेत्री नन्दिता केसी पनि अमेरिका उड्ने भएकी छिन् । उनलाई अमेरिकाले दोश्रो पटकको प्रयासमा भिसा दिएको हो । उनी जुनको अन्तिममा अमेरिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यता लाग्नेछिन् । उनी पनि करिब २ महिना अमेरिका बस्ने वुझिएको छ । उनलाई अमेरिकाले मल्टिपल भिसा दिएको छ ।

