नेपाली फिल्म ‘नरे’ले आफ्नो पहिलो अनुहार सार्वजनिक गरेको छ । फिल्मका प्रमुख चरित्रको रुपमा देखिएका गायक नरजंग गुरुङले आफ्नो फेसबुकमार्फत ‘नरे’को पहिलो अनुहार सार्वजनिक गरेका हुन् ।
.jpg)
फिल्मको पहिलो अनुहारमा नरजंगसँगै दुई अभिनेत्रीहरु एलिना गुरुङ र सबिना गुरुङलाई प्रस्तुत गरिएको छ । शान थापाको डिजाईनमा बनेको यो पोस्टरलाई सामाजिक संजालमा धेरैले रुचाएका छन् । माओत्से गुरुङ फिल्मका निर्देशक हुन् ।
निर्माण यूनिटले यो फिल्मलाई साउनको १ गते भिआईपी शो गर्ने बताएको छ । यतिबेला भिआईपी शोका लागि निर्माण यूनिट प्रचारप्रसारमा व्यस्त छ । त्यसपछि देशका विभिन्न ठाऊँ र विदेशमा शो गर्ने निर्देशक माओत्से गुरुङले बताए ।
राजन कुँवर फिल्मका सहनिर्देशक हुन् । फिल्ममा समावेश गीतहरुको भिडियो निर्देशन नेत्र गुरुङले गरेका छन् भने सम्पादन समेत उनैले गरेका छन् । फिल्मको कोरियोग्राफर रोहन नेपाली हुन् । फिल्ममा नरजंगसँगै विनोद रसाईलीले समेत संगीत भरेका छन् । भेष गुरुङ फिल्मका छायाँकार हुन् ।

