अभिनेत्री दीपिका पादुकोण अहिले बलिउडमा सवैभन्दा व्यस्त छिन् । जसकाकारण पनि उनले आफूले नै अभिनय गरेका फिल्ममा समय दिन सकेकी छैनन् । प्रेमी रणवीर सिंहको साथमा ‘बाजिराओ मस्तानी’मा काम गरिरहेकी दीपिकाले आफ्ना पूर्व प्रेमी रणवीर कपुरको फिल्मलाई भने समय दिन सकेकी छैनन् ।
दीपिका रनवीर कपुरसँग फिल्म ‘तमाशा’मा काम गरिरहेकी छिन् । तर, दीपिकाले समय नदिदा ‘तमाशा’को काम रोकिएको छ । उनले सुटिङ गर्दा गर्दै ‘तमासा’को काम छाडेर अर्को फिल्मलाई समय दिएकी थिइन् ।
दीपिकाले ‘तमाशा’को सेट छाड्नु अघि जम्मा ५ दिनको छायांकन बाँकी थियो । तर, बाँकी रहेको ५ दिनको छायांकनका लागि दीपिकाले समय दिन नसकेकी पछि ‘तमाशा’ रोकिएको छ । दीपिका हाल ‘बाजिराओ मस्तानी’मा काम गरिरहेकी छिन् ।

