
सुटिङ नसकिंदै निर्देशक दीपक रायमाझीको निधन भएपछि लामो समय रोकिएको फिल्म `डेस्टिनेशन काठमाण्डू` अब भने रिलिजका लागि तयार भएको छ । बैशाख २५ गते रिलिज गर्ने तयारीका साथ फिल्मको ट्रेलर रिलिज गरिएको छ ।

`जेरी` अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको प्रेमले यतिबेला चर्चा पाउन थालेको छ । फिल्मको प्रोमोशनदेखि होलीमा प्रेमको भाव देखाएको यो रिल जोडीले रियल प्रेमको छनक देखाउन थालेको छ ।

अभिनेता जीवन लुईटेल यो बर्षको अन्तिममा मात्र आएर खुशी देखिएका छन् । लगातार ३ फिल्म असफल भएपछि जीवनलाई डर थियो, यो बर्षको असफल अभिनेताको रुपमा चिनिने । उनले अभिनय गरेका 'शिशा', 'ठूली', 'स्टूपिड मन'ले कमजोर व्यापार गरेपछि उनको मार्केट भ्यालु पनि घटेको बताइयो ।

अभिनेत्री शिल्पा पोख्रेलले हालै मात्र अर्की सफल अभिनेत्री करिश्मा मानन्धरको निर्माणमा बनेको फिल्म 'फागु'को छायांकन सकाएकी छिन् । फिल्मको छायांकन सकेर काठमाण्डौ फर्के लगतै शिल्पा फिल्म 'हवल्दार सुन्तली'को प्रमोशनमा व्यस्त देखिएकी छिन् ।

बलिउडका अभिनेता सलमान खान सन् २००२ देखि हिट एन्ड रन केसको पछाडि दौडिरहेका छन् । मदिरा पिएर गाडी चलाउँदा सडक पेटीमा सुतेका मानिसलाई गाडीले कुल्चदा १ को निधन र ३ घाइते भएको मुद्दा सलमानले भोगिरहेका छन् ।

विश्वकप क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलिया र भारतविचको खेल हुँदा भारतीय क्रिकेट टिमका उपकप्तान विराट कोहली १ रनमै आउट भएपछि यसको सम्पूर्ण जिम्मा उनकी प्रेमिका अभिनेत्री अनुष्का शर्मालाई दिइएको छ । सेमिफाइनल खेल हेर्नका लागि अनुष्का अष्ट्रेलिया गएकी थिइन् ।

