Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरु भयो अवार्डको मौसम

फिल्मीखबर, काठमाडौं, 2015/06/23

भुकम्पपछि देशकै माहोल शान्त बन्दै  जाँदा नेपाली फिल्म क्षेत्रमा पनि चहलपहल बढेको छ । यसैले पनि होला, अब विभिन्न नाममा अवार्ड गर्ने आयोजकहरु पनि सुरिन थालेका छन् ।
अब, केही महिना नेपाली फिल्म क्षेत्रमा अवार्डको मौसम हुने पक्का जस्तै छ । कारण, एकपछि अर्का अवार्डका आयोजकले यसको घोषणा गरिसकेका छन् । नेपाल चलचित्र प्राविधिक  घले कतारमा अवार्ड आयोजना गर्ने बताइसकेको छ । जसका लागि फिल्म हेर्ने काम पनि सुरु भैसकेको छ । दशैपछि संघले अवार्ड कतारमा गर्नेछ । यो अवार्ड नेपालमा लोकप्रिय छ ।



अवार्डकै कुरामा कलाकारले सवैभन्दा धेरै आशा गर्ने अवार्ड हो, राष्ट्रिय चलचित्र पुरस्कार । नेपाल सरकार अन्र्तगतको चलचित्र विकास बोर्डले आयोजना गर्ने यो अवार्डको काम पनि सुरु भएको छ । अहिले धमाधम अवार्डका लागि फिल्म हेर्ने काम भैरहेको छ । असार महिना भित्र नै अवार्ड गरिसक्ने दाबी अध्यक्ष राजकुमार राइको छ । राष्ट्रपति डाक्टर रामवरण यादवले यो पुरस्कार प्रदान गर्नेछन् ।



एनएफडीसीले २ बर्ष अघि सुरु गरेको अवार्ड कार्यक्रम पनि भदौमा हुनेछ । एनएफडीसीले त एक कदम अगाडि सर्दै नोमिनेशन पनि सार्वजनिक गरिसकेको छ । अवार्डको तयारी सुरु भैसकेको एनएफडीसीले बताएको छ । यी बाहेक अन्य विभिन्न नाममा पनि नेपालमा अवार्डको आयोजना भएको पाइन्छ । ती अवार्डहरुको तयारी पनि सुरु गर्ने आयोजकहरुले बताएका छन् ।
 

Most Visited News (monthly)