Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

रेखाले अवार्ड बहिष्कार गर्ने

फिल्मीखबर, काठमाडौं, 2015/06/23

अभिनेत्री रेखा थापाले नेपालमा आयोजना हुने विभिन्न खालका अवार्ड पाउन छाडेको केही बर्ष मात्र भयो । कुनै समय बर्षकै  सर्वाधिक चर्चित अभिनेत्रीदेखि उत्कृष्ट अभिनेत्रीसम्मका विधामा उनकै वर्चस्व हुन्थ्यो ।  रेखाले अवार्ड पाउँदा उनी कार्यक्रममा सहभागी हुन्थिन् र आयोजकलाई स्टेजबाटै धन्यवाद पनि दिन्थिन् । तर, केही बर्षयता रेखाले निर्माण तथा अभिनय गरेका फिल्मले नाफा कमाएपनि स्तरियता भने खस्किएको छ ।


सायद, यसैले पनि होला रेखाले अवार्ड पाउन छाडेकी छिन् । कुनै समय अवार्ड पाउँदा जुरीदेखि आयोजकलाई धन्यवाद भन्ने रेखाले अब भने अवार्ड कार्यक्रम नै बहिष्कार गर्ने भएकी छिन् । अमेरिकाबाट फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा आयोजना हुने अवार्ड चिनचान, आफन्त र सोसफोर्सका आधारमा वितरण गरिने भन्दै उनले रेखा फिल्मस्बाट बनेका फिल्म अब उप्रान्त कुनै पनि अवार्ड कार्यक्रममा सहभागी नगराउने बताएकी छिन् ।


बर्षका सर्वाधिक हिट फिल्महरु प्रतिस्पर्धामा नआउनु र आयोजकले मनपरि अवार्ड वितरण गर्दा फिल्मीकर्मीको अपमान भएको रेखाको ठहर छ । उनले अवार्ड बहिष्कार गर्दै कामका आधारमा अवार्ड वितरण गर्न आयोजकलाई आग्रह पनि गरेकी छिन् । तर, अवार्ड कार्यक्रममा हिट फिल्म भन्दा पनि राम्रा फिल्मलाई प्राथमिकता दिइन्छ भन्ने रेखाले नवुझेको हुनसक्छ । रेखाले यो स्टाटस लेखेपछि यसअघि उनले पाएका अवार्ड पनि चिनजान र सोसफोर्समा नै त पाएकी थिइनन् भन्ने प्रश्न उठेको छ ।

Most Visited News (monthly)