Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

कहिले छाड्ने नक्कल गर्ने काम ?

फिल्मीखबर, काठमाडौं, 2015/06/24

अभिनेता जीवन लुइटेलले अमेरिकाबाट फर्किएर एउटा फिल्ममा काम गरे । फिल्मको नाम थियो, बाजिगर । बाजिगर बलिउडका अभिनेता साहरुख खान अभिनित चर्चित फिल्म हो । हुनत, कथावस्तुका हिसाबले हिन्दी र नेपाली बाजिगरमा फरक होला । तर, नक्कल गर्ने कुरामा त नेपाली फिल्मका निर्माताले नाम पनि छाड्दैनन् ।



बाजिगर भन्ने वित्तिकै दर्शकको दिमागमा साहरुख खान घुम्छन् । अब, नेपालका अभिनेता जीवन लुइटेलले सोही नाममा फिल्म खेलेपछि यसले नवन्दै आलोचना भोगिसकेको छ । हुनत, नामको नक्कल गर्ने प्रथा नेपाली फिल्ममा नयाँ भने होइन । तर, फिल्म क्षेत्रमै नाम चलेका कलाकारले यसरी नाम नक्कल गरिएका फिल्म खेलिदिदा त्यसले सकारात्मक सन्देश दिदैन ।



अर्का अभिनेता निखिल उप्रेती फिल्म भैरवपछि बजरंगी निर्देशन गर्ने तयारीमा छन् । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म बजरंगी भाइजान इदमा प्रदर्शनमा आउँदैछ । यता, नेपाली फिल्मका एक्सन हिरो निखिल यही नाममा फिल्म बनाउने तयारीमा लागेका छन् । सलमानको फिल्म प्रदर्शनमा आए लगतै निखिलको बजरंगी छायांकनमा जाँदैछ । यसले पनि नक्कलको आरोप नखेप्ला भन्न सकिदैन ।



निखिलले नै निर्देशन गरेको भैरव फिल्म भाद्र ११ गतेबाट लाग्दैछ । रेशम फिलिलीसँग जुध्ने भएपछि यसको मिति केही समय अगाडि सार्ने तयारी पनि थालिएको छ । तर, अहिलेसम्म यसको आधिकारिक जानकारी भने आएको छैन ।

Most Visited News (monthly)