Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुहियो ‘बागमती’को फुटेज

फिल्मीखबर, काठमाडौं, 2015/06/24

फिल्म ‘बागमती’को भिडियो लिक भएको छ । महंगो बजेटमा भारतमा पोष्ट प्रोडक्शनको काम भैरहदा यसका छायांकार शिजु गुरुवयुरले २ मिनेट  लामो भिडियो फेसबुकमार्फत चुहाइदिएका हुन् । भिडियो सार्वजनिकसँगै यो फिल्मका मुख्य कलाकार राजेश हमाल, शिव श्रेष्ठ र केकी अधिकारीको लुक्स पनि बाहिरिएको छ ।

 

छायांकारले आफ्नो काम देखाउने लोभमा केही भिडियो पोष्ट प्रोडक्शनबाट नै चोरी गरेर लिक गरिदिएका हुन् । फिल्मलाई २ करोड मुल्यमा निर्माण गरिएको दाबी यसका निर्माताले गरिरहेका छन् । कार्यकारी निर्माता अनिश नापितका अनुसार छायांकारले भिडियो लिक गरिदिएपछि उनी सम्पर्क भन्दा बाहिर रहेका छन् । फिल्ममा दिनेश दर्शनधारी र विजय सत्यालको लगानी छ । पोष्ट प्रोडक्शनमा नै ५० लाख बढी खर्च भएको दाबी गर्ने यो फिल्ममा दक्षिण भारतीय फिल्मका कलाकार र प्राविधिकले काम गरेका छन् ।

Most Visited News (monthly)