एफ आइ एको आयोजनामा अगस्त ७देखि १६ सम्म सन्चलान हुने सन फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्तिवलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलका बारेमा जानकारी गराएको छ ।
.jpg)
(1).jpg)
बलिउड अभिनेता ओम पुरी तथा हलिउड एक्ट्रेस काई चिनको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम्मा सभापति झाप्रा रोमेस र संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक डा. फासी खुरानाले महोत्सबका बारेमा जानकारी गराएका थिए । महोत्सबमा २५ हजार रहने कुरा संस्थाका ग्लोबल डाइरेक्टर प्रकाश थापाले बताए ।
महोत्सब्मा हलिउडबाट ज्याकी चेन, स्यारोन स्टोन बलिउडबाट रानी मुखर्जी, बिद्या बालन, सोनु निगम तथा नेपालबाट नन्दिता केसि, विल्सन बिक्रम राई, सुनिल थापा, राजबल्लव कोइराला, निरज बराल, पुजना प्रधान, नरेश देव पन्त, सुरेश दर्पण, रिचा घिमिरे, अनुशिल श्रेष्ठ, जस कुमार राइ, राज कुमार लामाको उपस्थिती रहने कुरा आयोजकका तर्फबाट प्रकाश थापाले जानकारी गराए ।
फेस्टिभल मा ३० देश का २५० चलचित्रले सहभागिता जनाउनेछन् । उक्त कार्यक्रमा केकी अधिकारी पनि सहभागि हुने सम्भावना रहेको आयोजकले जानकारी गराएको छ ।

