
नेपाली फिल्मका लागि अब अभिनेता आर्यन सिग्देल र जीवन लुइटेलले यो फिल्ममा काम गरे, गर्दैछन् भन्ने कुरा खासै नौलो भएन । कारण बर्षमा निर्माण हुने करिब २ दर्जन फिल्ममा यी दुइ नै देखिने पक्का जस्तै हो । अभिनेताको अभाव हुँदै गर्दा जीवन र आर्यनमा फिल्मको चाप बढ्नु स्वभाविक पनि हो ।

फिल्म ‘नाइँ नभन्नू ल ३’ले एचआइभी संक्रमित बालबालिकालाई एक लाख रुपैयाँ प्रदान गरेको छ । फिल्मले न्यानोपन हङकङको नेतृत्वमा गत मे २५ मा भएको शोबाट उठेको मध्ये शनिबार एक लाख रुपैयाँ कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनलाई प्रदान गरेको हो ।

फिल्म ‘सपना तिम्रो मेरो’का निर्माताले ठूलै आट गरेका छन् । चलचित्र संघले निर्मातालाई असार र साउनमा फिल्म चलाएको खण्डमा ५० प्रतिशत शेयर दिने भन्दै फिल्म चलाउन प्रोत्साहित गरेपनि निर्माता तातेका थिएनन् । तर, फिल्म ‘सपना तिम्रो मेरो’का निर्माताले भने साउन २२ गते नै फिल्म चलाएर जोखिम मोलेका छन् ।

सलमान र शाहरुख खान फेरि एक पटक बक्स अफिसमा भिड्ने भएका छन् । यसअघि सन् २००६ मा भिडेका दुवै कलाकार आउँदो वर्षको इदका लागि भिडन्त गर्ने भएका हुन् । निर्माण कम्पनी यशराज फिल्मस् र एक्सेल इन्टरटेनमेन्टले दुवै स्टारका फिल्म एकै डेटमा रिलिज गर्ने अड्डी कसेपछि दुवैको भिडन्त पक्का भएको हो ।

वैशाखदेखि साउनसम्म चुपचाप बसेका फिल्मकर्मी भदौबाट भने जुरमुराउने भएका छन् । ४ महिना रोकिएका फिल्म भदौबाट प्रदर्शनमा आउँदा चाप बढ्ने खतरा बढेको छ । जसको प्रत्यक्ष उदाहरण भदौमा प्रदर्शनमा आउन लागेका ठूला फिल्म देखिनेछन् ।

निखिल उप्रेतिको कमब्याक गराउने मानिएको फिल्म ‘भैरब’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टोलीले बिहीबार साँझ फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा निखिललाई आफ्नो छवि अनुरुप एक्सन गरिरहेका दृश्यलाई समावेश गरिएको छ । र सार्वजनिक ट्रेलरमा साउथका फिल्मको झल्को देख्न सकिन्छ ।ट्रेलर हेर्दा निखिलको फिल्ममा दर्शकले खोज्ने खुराक प्रशस्त रहेको अनुमान गर्न सकिन्छ ।

