Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

संयम सलोन एक अर्कालाई चुनौती

फिल्मीखबर, काठमाडौं, 2015/07/14

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो । यस्तै, फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।


तर, फिल्म ‘आभाष’मा एकसाथ देखिएपछि यी दुई कलाकारको चर्चा मात्र भएन तुलना पनि भयो । दुबै फिल्मीकर्मीका छोराछोरी भएको नाताले पनि तुलना हुने स्वभाविक नै हो । फिल्म ‘आभाष’मा संयम भन्दा सलोनको चर्चा र तारिफ धेरै भयो । फिल्ममा देखाइएको पात्रमा संयम भने  फिट नभएको भन्दै केहीले आलोचना पनि गरे ।
दुबै कलाकारका पहिलो फिल्म सफल भयो । तर, यसपछि भने यी दुई सफल फिल्मकै लागि दौडिरहेका छन् । सलोनले ‘होस्टेल’पछि खेलेका फिल्म सफल छैनन् । यस्तै, संयमले खेलेका ‘पुन्टे परेड’ र ‘आभाष’ पनि असफल देखिए ।

 


अब, यी दुई कलाकार फेरि एक साथ फिल्म ‘लभ सब’मा देखिदैछन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फेरि दुई फिल्मीकर्मीका सन्तानको तुलना सुरु भएको छ । ‘लभ सब’मा सलोन आफ्नो पुरानै कमेडी छविलाई अगाडि बढाउँदैछन् । संयमले भने यो फिल्ममा गतिलै अभिनय गरेको देख्न सकिन्छ । संयम यो फिल्ममा बोल्न सक्दैनन् । सलोन भने प्लेब्वाई क्यारेक्टरमा देखिएका छन् । दुबै कलाकारका लागि यो  फिल्म चल्न जरुरी छ । तर, ‘लभ सब’सम्म आइपुग्दा सलोन र संयम एक अर्काका लागि चुनौती पनि बनेका छन् ।

Most Visited News (monthly)