दीपिका पादुकोण क्यान्सर बिरामी बन्ने भएकी छिन् । हलिउड फिल्म ‘फल्ट इन अवार स्टार्स’को बलिउड रिमेकमा दीपिकाले क्यान्सर पीडित युवतीको भूमिका निर्वाह गर्ने कन्फर्म भएको हो ।
निर्माण कम्पनी फक्स स्टार इन्डियाले ओर्जिनल फिल्ममा सेलिन वुड्ली निर्वाह गर्ने भूमिका निर्वाह गर्ने कन्फर्म भएको जनाएको छ । फक्सले निर्देशकको जिम्मेवारी यसअघि नै होमी अदजानियालाई दिईसकेको छ । होमी र दीपिकाले यसअघि ‘ककटेल’ र ‘फाइन्डिङ फ्यानी’मा काम गरिसकेका छन् । फिल्ममा अभिनय गर्ने अभिनेत्री टुंगो लागेपनि अभिनेता भने अझै टुंगो लागिसकेको छैन ।
यसअघि अभिनेताका लागिका बरुण धवनको नाम चर्चामा आएपनि पछि त्यो अफवाह मात्र भएको प्रमाणित भएको थियो । फिल्मको कथा बस्तुमा कुनै परिवर्तन नगरिने भएपनि भारतीय दर्शकलाई ध्यानमा राख्दै केही ह्युमर थप्ने निर्माण टोलीले जनाएको छ । जोन ग्रिनको सोह िनामको उपन्यासमा आधारित रहेर बनेको फिल्मले हलिउडमा राम्रो व्यापार गरेको थियो । फिल्मले हलिउडका समिक्षकबाट पनि राम्रो रेटिङ पाएको थियो ।

