मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बाहुबलीको रेकर्डतोड कमाई

एजेन्सी, मुम्बई, 2015/07/13

तमिल फिल्म ‘बाहुबली’ले तीन दिनमा १ अर्ब ६० करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको छ । भारतमा कुनै पनि फिल्मले तीन दिनमा कमाएको यो सर्वाधिक रकम हो । यसअघि शाहरुख खानको ‘ह्याप्पी न्यु इयर’ले तीन दिनमा सय करोड कमाउँदै रेकर्ड कायम गरेको थियो । त्यो रेकर्डलाई पछि पार्दै बाहुबलीले भारतभरबाट यत्तिको कमाई गरेको हो ।
फिल्मले पहिलो दिनमै ५० करोड कमाएर बजारमा तहल्का मच्चाएको थियो । तर शनिबार हल्का कम कमाई गरेपनि आइतबार ६० करोड बराबर कमाई गर्दै फिल्मले १ अर्ब ६० करोड पुर्याएको हो ।



२५० करोडमा बनेको फिल्मलाई भारतकै सर्वाधिक महंगो फिल्म मानिएको छ । फिल्मले व्यापारसँग समिक्षकबाट पनि चर्चा बटुलेको छ । फिल्मले आएमडिबी रेटिंगमा पनि ९.४ पाएको जुन कुनै पनि हिन्दी फिल्मले पाएमध्ये बढी हो ।



तमिल भाषामा बनेको फिल्म हिन्दीसँगै कन्नड, मलयालम, तेलगु आदि भाषामा डब गरी देशभरका ४२०० पर्दामा रिलिज भएको थियो । फिल्ममा प्रभास, राना दुग्गावति, तमन्ना र अनुष्का सेठ्ठीको अभिनय रहेको छ । फिल्मलाई एसएस रजामौलीले निर्देशन गरेका हुन् ।