बलिउडमा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण सफल छन् । दुबैका फिल्मले १ सय करोड भन्दा माथिको व्यापार गर्छन् । तर, यी दुई कलाकार एकसाथ फिल्ममा देखिएका छन् ।तर, बलिउडका सफल यी दुई कलाकारले यशराज ब्यानरले आफ्नो नयाँ फिल्ममा लिएको छ । नाम तय नभएको यो फिल्ममा पहिलो पटक दीपिका र ऋतिक देखिन लागेका हुन् ।
फिल्मको निर्देशक धुम ३ का निर्देशक विजयकृष्ण आचार्यले गर्नेछन् । तर, यो धुमको अर्को सिक्वेल भने हुनेछैन । बलिउडमा दीपिका पादुकोणलाई सय करोड क्बलकी रानी नै भनिन्छ । यसैले पनि ऋतिक र दीपिका एकसाथ देखिदा दर्शकमा उत्साह बढ्नु स्वभाविक नै छ । फिल्मको बारेमा अन्य केही पनि खुलाइएको छैन ।

