अभिनेत्री अनु शाह बल्ल अभिनेता निखिल उप्रेतीले निर्देशन गरेको फिल्म ‘भैरव’को प्रचार सामाग्रीमा देखिएकी छिन् । फिल्मको ट्रेलर र एक गीतमा ओझेल परेकी अनु सार्वजनिक नयाँ एक गीतमा निखिलसँग मस्ती गर्दैछिन् ।
भदौ ११ गते सार्वजनिक हुने फिल्मको ‘यो दिलको मामला’ बोलको गीतमा अनु र निखिलको प्रेम साटासाट गरिएको छ । द्धन्द्धलाई प्राथमिकता दिइएकाले पनि यो फिल्ममा अनु शोपिसको रुपमा मात्र देखिएकी छिन् ।
मुस्ताङमा खिचिएको यो गीतमा अनु र निखिललाई आकर्षक देखाइएको छ । नेपाली फिल्म क्षेत्रमा आशाको आँखाले हेरिएको भैरवको ‘नाच भैरे’ बोलको गीत पनि हिट भैसकेको छ ।
सुरेश अधिकारीले संगीत भरेको यो गीतमा फिल्मका निर्माता जोहान दारुवालले आवाज दिएका छन् भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
हेर्नुस् गीत

