Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नीको मस्तीजादेबाट उड्यो मस्ती

एजेन्सी, मुम्बई, 2015/08/01

आफ्नो पोर्नस्टारको छविलाई हटाउन नसक्दा बलिउड अभिनेत्री सन्नी लियोनीलाई सोचेजस्तो सफलता मिलेको छैन । सन्नीको चर्चा भएपछि सफलताको उचाई पनि उनका लागि टाढा देखिएको छ । सन्नीले अभिनय गरेका फिल्ममा उनको अभिनय भन्दा पनि हट अवतार नै बढी हुन्छ । जसका कारण पनि सन्नीले बलिउडका चर्चित अभिनेतासँग पर्दा बाड्न पाएकी छैनन् ।

उनै सन्नी लियोनीले अभिनय गरेको फिल्म मस्तीजादे भारतको सेन्सर बोर्डबाट पास हुन सक्ने संभावना कम हुँदै गएको छ । फिल्मलाई तेश्रो पटक पनि सेन्सरले पास गर्न मानेको छैन । फिल्ममा समावेश दृश्य र बिषयवस्तुले यो फिल्म हलमा चलाउन नहुने तर्क बोर्डको छ ।



फिल्म भित्र सन्नी र तुषार कपुरको मुख्य भूमिका छ । तर, सन्नीले दिएको बोल्ड अवतार र दर्शकलाई पच्न नसक्ने दृश्यका कारण फिल्मका धेरै सिन काटिएको छ । तर, पनि सेन्सरले तेश्रो पटक पनि यसलाई सेन्सर पास गर्न सकेको छैन । सन्नीको आजसम्म रागिनी एमएमएस २ भन्दा अन्य फिल्मले गतिलो व्यापार गरेका छैनन् । यसैले पनि सन्नीको बलिउडमा अहिले चर्चा भएपनि उनी लामो रेशको घोडा बन्न सक्ने कुरामा शंका व्यक्त गरिन्छ ।
 

Most Visited News (monthly)