मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिष्मालाई फकाउँदै संयम

फिल्मीखबर, काठमाडौं,, 2015/08/01

भाद्र २५ मा रिलिज हुने चलचित्र ‘लब सब’ दोस्रो को गीत सार्वजनिक गरिएको छ । ‘सुन सुन’ शीर्षकको गीत मकवानपुर आइडलका प्रतिस्पर्धी शिव बजगाईले गाएका हुन् । पाश्र्व गायनमा उनको यो पहिलो गीत हो । गीतमा सुजिल कर्माचार्यको संगीत रहेको छ । सुरेन्द्र रानाको शब्द रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

 

विगतमा ‘मैदान’ ‘जीवनदाता’ ‘जय शिव शंकर’ ‘निगरानी’ जस्ता फिल्मका निर्माता सुशील पोखरेलले  निर्माता नरेन्द्र महर्जनसँगको  संयुक्त लगानीमा फिल्मको निर्माण गरेका हुन्  । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा हिमाल केसीको फाइट कृष्ण श्रेष्ठको छायांकन रहेको छ । पाटन वरिपरी खिचिएको गीतमा संयम पुरी र करिष्मा श्रेष्ठको नृत्य देख्न सकिन्छ । फिल्म सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।