मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबारदेखि `सपना तिम्रो मेरो`

फिल्मीखबर, काठमाडौं, 2015/08/01

भुकम्पपछि  सेलाएको नेपाली फिल्मको बजार सपना तिम्रो मेरोले तताउने बिश्वास गरिएको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म आगामी शुक्रबार अर्थात् २२ साउनदेखि देशब्यापी रुपमा प्रदर्शन हुदैछ । 

 

बैशाख १२ को भुकम्पपछि दर्शकले स्टार कलाकारले अभिनय गरेको नया“ नेपाली फिल्म हेर्न पाएका छैनन् । त्यसकारण पनि यो फिल्मप्रति दर्शकले आश गरेका छन् । फिल्ममा अहिलेका स्टार हिरो सबिन श्रेष्ठ र सुशांन्त कार्कीका साथ नवनायिका जान्वी बोहोरा प्रमुख छन् । ऋषिराज स्वयम्को लेखन र निर्माणमा बनेको फिल्म राहुल राईले खिचेका हुन् ।

 

काठमाडौं, मुडेलगायतका ठाउमा सुटिङ गरिएको फिल्ममा सम्राट थापाको द्धन्द्ध निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी,अर्जुन पोखरेलको संगीत र नवीन निरौलाको सम्पादन छ ।फिल्मका अन्य कलाकारमा अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुजनी केसी, सुरवीर पण्डित लगायत छन् । फिल्म देशभरका  पाँच दर्जन हलमा प्रदर्शन भईरहेको  बितरक रोहीत कट्टेलले जानकारी दिएका छन् ।