Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`यो साईनो मायाको` टिम कलाकार खोज्दै

फिल्मीखबर, काठमाण्डौ, 2015/08/02
मन्जिना मुभिजको ब्यानरमा बन्न लागेको फिल्म 'यो साइनो मायाको'को लागि निर्माण युनिट नयाँँ अनुहारको खोजीमा छ । मन्जिना श्रेष्ठले तयार पारेको स्कृप्टमा अरुण प्रधानले आफ्नो निर्देशकिय कला प्रस्तुत गर्नेछन् ।
 
 
साँगीतिक प्रेमकथा भनिएको यो फिल्ममा मुख्य अभिनेत्रीको रूपमा चलेको अनुसार अनुबन्धित भैसकेपनि सम्पूर्ण कलाकारको टुंगो लागेपछि नाम सार्वजनिक गरिने निर्माण युनिटले बतायो । 
 
आउँदो मङ्सिरबाट शुटिङ सुरु गर्ने भनिएको यो फिल्ममा मञ्जिना श्रेष्ठको लगानी रहनेछ । '१२ नेपाली एक चिहान' नामक फिल्मको निर्देशन गरिसकेका अरुण प्रधानले फिल्मको प्रि-प्रोडक्सन द्रुत गतिमा भईरहेको जानकारी दिए । 
 
फिल्ममा कुन्दन थापाको संगीत तथा गम्भिर बिष्टको करियोग्राफी रहने पक्का भईसकेको छ ।
Most Visited News (monthly)