मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नारायण पुरीका कारण संयम बाहिर

फिल्मीखबर, काठमाडौं, 2015/08/02

आफू जुरी बस्दा फिल्मीकर्मीले आफूले खेलेका फिल्मदेखि निर्देशन गरेका फिल्मलाई अवार्डको प्रतिस्पर्धाबाट बाहिर राख्ने गरेका छन् । तर, आठौ नेफ्टा फिल्म अवार्डका लागि जुरीका संयोजक समेत रहेका नारायण पुरीले भने छोरा संयम पुरीलाई नै बाहिर राखिदिए ।

 

यो बर्षको अवार्डमा जुरीमा संयमका पिता नारायण पुरी र अवार्ड संयोजकमा उनका काका शिव पुरी थिए । बाबु र काकाले संयमलाई अवार्डको प्रतिस्पर्धादेखि मनोनयमा राख्दा विवाद हुने ठहर गरे । जसले गर्दा संभावना हुँदा हुँदै पनि संयम अवार्डको मनोनयन बाहिर रहेको संयोजक शिव पुरीले बताए ।

 

नारायण पुरीले छोरालाई प्रतिस्पर्धामा नै नराख्न अन्य जुरीलाई पनि भनेका थिए । जसले गर्दा संयमले यो बर्ष नेफ्टा अवार्डको मनोनयनमा पर्ने काम गर्दा गर्दै पनि बाहिर बस्नु परेको छ । संयम अभिनित फिल्म ‘आभाष’, ‘नाई नभन्नु ल ३’ गतबर्ष हिट भए । ‘आभाष’मा संयमको कामलाई रुचाइएको थियो । तर, बाबुले विवाद र आलोचनाबाट पर बस्नका लागि छोरालाई नै अवार्ड प्रतिस्पर्धाबाट बाहिर राखिदिएका छन् ।

 

संयोजक शिव पुरीले यसो गर्दा संयमको प्रतिभाको कदर नहुने कुरा पनि उठेको बताए । तर, अनावश्यक विवाद र गसिपबाट परै बस्न र निष्पक्ष मुल्यांकनका लागि भन्दै नारायण पुरीले यस्तो निर्णय गरेका थिए । संयम पुरीलाई बाहिर राखेपनि उनको अभिनय रहेको फिल्म ‘आभाष’ संवाद, सम्पादन, सहायक अभिनेता, अभिनेत्री, डेब्यु अभिनेत्री आदि विधामा मनोनयमा छ ।