मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`नुन विनाको तरकारी र सलोन विनाको फिल्म चल्दैन`

फिल्मीखबर, काठमाडौं, 2015/08/02

निर्देशक शोभित बस्नेत छोरा सलोन बस्नेतको फिल्म प्रदर्शनको समयमा खुबै लाग्छन् । छोराको प्रचारमा शोभितले कुनै कसर नै बाँकी राख्दैनन् । अहिले पनि शोभित आफ्ना छोरा सलोन बस्नेतको अभिनय रहेको फिल्म लभ सबको प्रचारमा देखिएका छन् ।

 

शोभितले गोप्य शैलीमा अहिले केही साथीहरुसँग मिलेर फेसबुक क्याम्पियन नै चलाएका छन्, जसमा सलोनलाई हाइलाइट गरिएको छ । रमाइलो शैलीका टुक्का फेसबुकमा शेयर गर्दै शोभित फिल्म र छोराको प्रमोशनमा लागेका हुन् । उनले केही यूवाहरुलाई नै यो प्रमोशनमा अगाडि देखाएर आफू पछि बसेको वुझिन्छ ।

 

‘नुन विनाको तरकारी र सलोन विनाको फिल्म चल्छ भनेर कल्पना गर्नु पनि बेकार छ’ फेसबुकमा शोभितको निर्देशनमा यस्तै शैलीका पोष्ट देखिन थालेका छन्  । फिल्ममा सलोन बस्नेतका साथमा संयम पुरी, शिशिर भण्डारी र करिश्मा श्रेष्ठ पनि मुख्य भूमिकामा छन् । तर, शोभित भने छोरा सलोनकै प्रचारमा निरन्तर लागिरहेका छन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेको यो फिल्म भदौ २५ गते प्रदर्शनमा आउँदैछ । अहिले फेसबुकमा 'लभ सब'को चर्चा खुबै देखिन थालेको छ ।