मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भुवनलाई च्यालेञ्ज दिन सुष्मिता पनि निर्देशनमा

फिल्मीखबर, काठमाडौं, 2015/08/02

अभिनेता भूवन केसी फिल्म ‘ड्रिम्स’को छायांकन सकाउने तरखरमा छन्  । यो फिल्मसँगै भुवनले निर्देशनमा हाम फालेका हुन् । भूवन केसी निर्देशनमा प्रवेश गरेपछि अब उनलाई पारिवारिक रुपमै चुनौती मिलेको छ ।भूवन केसीकी पूर्व पत्नी सुस्मिता बमजमले अब फिल्म निर्देशन गर्ने भएकी छिन् । यो फिल्ममा उनका छोरा अनमोल केसी पनि अभिनेताको रुपमा देखिने छैनन् । तर, फिल्मले भने आमा र छोराको कथालाई उठान गर्नेछ ।


सुस्मिता लामो समयदेखि यो फिल्मको तयारीमा लागेकी थिइन् । फिल्मका लागि अहिले कलाकारको खोजी भैरहेको छ । सुष्मिताले निर्देशन गर्ने फिल्ममा अनमोल केसीलाई राख्दा कथाको सस्पेन्स खुल्ने भएकाले सुष्मिताले नयाँ कलाकार खोजिरहेको बुझिएको छ ।


भूवनसँग अलग भएपछि सुस्मिता लामो समयदेखि मिडिया भन्दा बाहिर छिन् । उनका बारेमा विभिन्न खालका गसिप पनि सार्वजनिक नभएका होइनन् । तर, पनि सुस्मिताले गुपचुप रुपमै फिल्म निर्देशनको योजना बनाएकी थिइन् । उनको फिल्म कहिलेबाट छायांकनमा जान्छ, टुंगो लागेको छैन ।तर, भूवनसँग साथ हुँदा उनले पनि फिल्मको निर्माणमा सहयोग गर्दै आएकी थिइन् ।