Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यालय पुनर्निर्माणका लागि अस्ट्रेलियामा `बोक्सी`

फिल्मीखबर, काठमाडौं, 2015/08/02

भूकम्पका कारण दुर्गम क्षेत्रमा भत्किएका विद्यालय पुपुनर्निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको क्यानबेरामा नेपाली चलचित्र ‘बोक्सी’को विशेष प्रदर्शन गरिने भएको छ । क्यानबेरास्थित सरकारी संग्रहालय नेशनल फिल्म एण्ड साउण्ड अर्काइभले चलचित्र प्रदर्शनलाई सहयोग गर्ने भएको छ ।

 

चलचित्र अगस्ट १४ (साउन २९) मा प्रदर्शन हुनेछ । भूकम्पपछि राहत संकलन गरी नेपाल पठाएका क्यानबेरावासी नेपालीले ‘बोक्सी’ प्रदर्शनको मेसो मिलाएका हुन् । नेपालका अति दुर्गम क्षेत्रका क्षतिग्रस्त दर्जनबढि विद्यालयलाई यो चलचित्र प्रदर्शनबाट आएको रकम सहयोग गरिने बताईएको छ ।

Most Visited News (monthly)