Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोबोट’को सिक्वेलमा बिक्रम र दीपिका

एजेन्सी, मुम्बई, 2015/08/02

शंकरको निर्देशनमा बनेको फिल्म ‘रोबोट’को सिक्वेल बन्ने भएको छ । निर्देशक शंकरले फिल्मको सिक्वेल बन्ने खबर पुष्टि गरेका हुन् । प्रि प्रोडक्सन भईरहेको फिल्ममा रजनीकान्तले निरन्तरता पाउने छन् भने फिल्ममा बिक्रम र दीपिका पादुकोण थपिने स्रोतले बताएको छ ।



रजनीकान्त र ऐश्वर्या रायको अभिनय रहेको फिल्मले दक्षिण भारतमा कमाईका थुप्रै रेकर्ड बनाएको थियो । त्यसपछि शंकरले बिक्रमलाई लिएर भर्खरै मात्र ‘आई’ नामको फिल्म बनाएका थिए जुन फिल्मले पनि सफलता पाएको थियो । फिल्ममा बिक्रमले खलनायकको भूमिका निर्वाह गर्ने चर्चा छ । ‘रोबोट’मा रजनीकान्त स्वयंले नायक तथा खलनायकको भूमिका निर्वाह गरेका थिए ।


दीपिकाको बजार भाऊ राम्रो रहेकाले शंकरले दीपिकालाई फिल्म खेल्ने प्रस्ताव गरेका हुन् जसमा रजनीकान्तको पनि समर्थन रहेको स्रोतको दाबी छ । रजनीकान्त र दीपिकाले रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गरेको फिल्म ‘कोचदायन’मा सँगै काम गरेका थिए । साइफाइ फिल्म बनाउन माहिर मानिने शंकरले यसअघि ‘जेन्टलमेन’‘नायक’, ‘शिवाजी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

Most Visited News (monthly)