Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भेनिसमा `कालो पोथी`

फिल्मीखबर, काठमाडौं, 2015/08/02

नेपाली फिल्म ‘कालो पोथी’ विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सवमा छानिएको छ । मीनबहादुर भामद्वारा निर्देशित उक्त फिल्म इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट भएको हो । फेस्टिभलको ७२ औं संस्करण आगामी भदौ १६ देखि २६ सम्म हुनेछ ।


महोत्सवको ‘इन्टरनेसनल क्रिटिक्स विक’ समूहमा अस्ट्रेलिया, बेलायत, पोर्चुगल, चीन, टर्की, सिंगापुर लगायत देशका नौवटा फिल्मसहित नेपालको ‘कालो पोथी’ समावेश भएको हो । समूहका १० फिल्ममध्ये सात फिल्मबीच प्रतिस्पर्धा हुनेछ । यो समूहको कार्यक्रम इटालीको फिल्म समीक्षक राष्ट्रिय युनियनले गर्दै आएको हो ।

 

‘हाम्रो फिल्म भेनिसको मुख्य प्रतिस्पर्धामा छानिएको होइन, तर क्रिटिक्स विक्समा पनि संसारका सयौं फिल्मबीच कठिन प्रतिस्पर्धा हुन्छ, यसमा पर्नु हाम्रो लागि ठूलो उपलब्धि हो,’ निर्देशक मीनले आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसपालि क्रिटिक्स विकमा कान्स र बर्लिनमा पुरस्कृत फिल्मकर्मीका फिल्म पनि समावेश गरिएको छ, प्रतिभाशाली निर्देशकहरुसँग नाम जोडिन पाउनु खुसीको कुरा हो ।’

Most Visited News (monthly)