दशैंमा रिलिज हुने भनिएको सुदर्शन थापा निर्देशित फिल्म 'चंखे शंखे पंखे'को रिलिजमा फेरबदल भएको छ । यो फिल्म आउँदो असोज ८ गते प्रदर्शन हुनेछ ।
फिल्मको नयाँँ डेट घोषणा गर्दै निर्माण युनिटले गीत पनि सार्वजनिक गरेको छ । 'फेसबुकैले विचल्ली पार्यो नि...' बोलको लोक गीतमा फेसबुकमा रमाउँनेहरुको कथा र व्यथालाई एक नारायण भण्डारीले कोरेका छन् ।
यस गीतका संगीतकार तारा प्रकाश लिम्बु हुन् भने रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुले स्वर दिएका छन् । सुर्दशन थापा, सुवास थापा र प्रेम पुरी फिचर भएको यस गीतको कोरियोग्राफी भने गोविन्द राईले गरेका हुन् ।

