Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक २० मा `नागरिक`

फिल्मीखबर, काठमाडौं, 2015/08/16

फिल्म ‘नागरिक’ कात्तिक २० गतेबाट प्रदर्शनमा आउने भएको छ । मनु इन्टरटेन्मेन्टले लामो समयपछि फिल्मको प्रदर्शन मिति तोकेको हो । विमल पौडेलको निर्देशनमा बनेको यो फिल्म दशै र तिहारको विचमा लाग्नेछ । फिल्ममा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, सरिता गिरी, अनु शाह, सफलता खनालको मुख्य भूमिका छ ।


फिल्ममा राजु विक्रम थापाको छायांकन, लक्ष्मण शेषको संगीत, वनिष शाहको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध छ । आयुश्री राजभण्डारी र शमानी राज्य दुलाले लगानी गरेको फिल्ममा सत्यराज चौलागाई कार्यकारी निर्माता छन् ।

 

फिल्मले ‘नागरिक’हरुको कथालाई मुख्य बिषय बनाएको कार्यकारी निर्माता सत्यराजले बताए । लामो समयपछि फिल्मको प्रदर्शन मिति तोकिएपछि फिल्म निर्माण युनिट खुशी देखिएको छ । फिल्मले यसअघि नै एउटा गीत सार्वजनिक गरिसकेको छ ।

Most Visited News (monthly)